मेगा बैंकका ग्राहकलाई कतार एयरवेजको टिकटमा १० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 01:06:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार एयरवेजले मेगा बैंक Mega Bank Nepal Limited का ग्राहकहरुलाई हवाई यात्रामा छुट दिने भएको छ । बैंक र एयरवेजबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई हवाई यात्रामा छुट हुने भएको हो । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र एयरवेज ग्रुपका कन्ट्री म्यानेजर महम्मद ई इमामले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, कतार एयरवेजले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा १० प्रतिशत छुट दिने भएको छ । यो छुट कतार एयरवेजको उडान हुने १ सय ६० वटै देशमा लागू हुनेछ । 

कतार एयरवेजको टिक हात्तीसारस्थित कर्पोरेट कार्यालयबाट लिन सकिने जनाईएको छ । मेगा स्मार्ट मोबाइल बैंकिङमार्फत पनि टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ । मेगा बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्तामार्फत पनि टिकट खरिद गर्न मिल्ने सुविधा मिलाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved