बैंकहरुको कल निक्षेपमा राष्ट्रबैंकले तोक्यो सीमा, यस्तो छ नयाँ ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 04:36:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुले स्वीकार गर्ने कल निक्षेपको सीमा तोकेको छ । बैंकले बिहिबार एक सर्कुलर जारी गर्दै सीमा तोकेको जानकारी गराएको हो ।  

जस अनुसार अब वाणिज्य बैंकले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायीत्वको १० प्रतिशतभन्दा बढी गर्न पाइने छैन । त्यस्तै ‘ख’ तथा ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायीत्वको १५ प्रतिशतभन्दा बढी गर्न पाइने छैन ।  

यो परिपत्र जारी हुँदाका बखत तोकिएको सीमाभन्दा बढी प्रतिशत कल निक्षेप भएका बैंक तथा वित्तीय संस्थाहरुले २०७७ असार मसान्तसम्ममा यो सीमाभित्र ल्याइसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

यो ब्यबस्था मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत आएको भए पनि यसलाई बल्ल राष्ट्र बैंकले कार्यन्वयनमा ल्याएको हो ।   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved