डडेल्धुरामा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 03:22:34 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छे बैंकले डडेलधुरामा थप २ ओटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । यो सँगै बैंककोे शाखारहित बैंकिङ सेवा १०० ओटा पुगेको छ । 

बैंकले डडेलधुरामा आफ्नो ९९ र १०० औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । बैंकले डडेलधुराको अजयमेरू गाउँपालिका–२ स्थित चमाडा र अमरगढी नगरपालिका–७ स्थित पोखरामा शाखा रहित बैकिङ्ग सेवा थपेको हो ।

ग्राहक सेवा केन्द«को रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द«बाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने कार्य गर्न सकिन्छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त ९रियल टाइममा० खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved