सिभिल बैंकको नयाँ शाखा सुरुङ्गामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 04:44:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले झापाको सुरुङ्गामा ७५ औं शाखा संचालनमा ल्याएको छ । बैंकको उक्त शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले गरेका छन् । बैंकको शाखा कार्यलयकोे उद्घाटन गर्दै मेयर पोखरेलले  नेपाललाई समृद्धि तर्पm लैजान सबै नागरिकले आफ्नो ब्यक्तिगत बजेट बनाई सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गुनुपर्ने बाताए । त्यसले उत्पादनमुलक क्षेत्रमा लगानीगर्नको लागी आवश्यक पूँजीको निर्माण गर्न उनको भनाई थियो । उनले कन्काईमा बैंकको आवश्कता महसुस गरेरे शाखा स्थापना गरेकोमा उनले बैंकलाई आभार प्रकट गरे ।

बैंकले प्रदेश १ कार्यलयका प्रमुख सन्तोष कुमार बुढाथोकीले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाको हितलाई ध्यानमा राखी प्रविधि केन्द्रित सेवा लगायत अन्य सम्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्नुको साथै आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै बताए । 

कार्यक्रममा नगरपालिकाका उप मेयर मंजू शर्मा, कन्काई उद्योग वाणीज्य संघका महासचिव तुलसी विमली, सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईं, सिभिल बैंकका लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, लगायतको उपस्थिति रहेको थियो । 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved