सनराइज बैंकका चार शाखारहित बैंकिङ सेवा एकैपटक सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 07:02:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले ४ वटा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।रुपन्देहीको मायादेवी गाँउपालिका ५, पर्साहवा र ओमसतिया गाँउपालिका ६, मझौलीमा बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।  यसैगरी महोत्तरीको बर्दिवास नगरपालिका ११, खयरमारा र सिराहाको लक्ष्मीपुर पतारी गाँउपालिका १, रामपुर बजारमा पनि शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।  

यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या ३३ पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved