एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । विराटनगर महानगरपालिका १५, रानी मिल्स एरिया शाखाको बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले उद्घाटन गरे । धरान उपमहानगरपालिका १८, बुद्ध चोक शाखाको बैंकका सञ्चालक विनोद कुमार प्याकुरेलले उद्घाटन गरे ।
बैंकले हाल २८४ शाखा, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिँदै आएको छ ।