अनाथ बालबालिकालाई सेञ्चुरी बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 11:51:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले ललितपुरमा रहेको 'द अरफेन्स होम' लाइ सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त संस्थालाई सहयोग गरेको हो ।

संस्थाले ३५ जना अनाथ बालबालिकाहरुको पालनपोषण गरिरहेको छ । बैंकले अनाथ बालबालिका रहेको  संस्थामा आवश्यकता अनुसारको खाद्यपर्दाथ दिई सहयोग गरेको हो । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।  

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९९ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १३३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved