दुई विकास बैंकको मर्जर पस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 04:31:34 PM मा प्रकाशित

laxmi  sunrise bank

तिनाउ विकास बैंक र मिसन डेभलेपमेन्ट बैंकबीच मर्ज हुने भएको छ । तिनाउ विकास बैंकको विशेष साधारणसभाले मिसनसँगको मर्जर प्रस्ताव पारित गरेको छ । 

मिसन डेभलपमेन्ट बैकले पनि विशेष साधारण सभामार्फत तिनाउसँगको मर्जर प्रस्ताव पारित गरेको छ । मर्जपछि दुवै बैंकको शेयर आदान प्रदान अनुपात १ः१ हुने भएको छ । 

मर्जर पश्चात बन्ने तिनाउ मिसन विकास बैकको अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदिप कुमार श्रेष्ठ र सहायक प्रमुख कार्यकारी अधिकृतमा हरि प्रसाद घिमिरे रहने भएका छन् । मर्जर पश्चात बैकको चुक्ता पुजि १ अर्ब १४ करोड, निक्षेप १० अर्ब २२ करोड,  कर्जा लगानी ८ अर्ब ९५ करोड र शाखा संख्या ३८ पुग्ने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved