सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ ‘को बन्छ करोडपति’ मा आउने भएका छन् । सनिबारको कार्यक्रममा सिइओ गुरुङ सहित हास्य कलाकार सन्दीप क्षेत्री पनि आउने भएका छन् ।
आज बेलुका ८ बजे प्रशारण हुने कार्यक्रममा उनीहरु सहभागी हुने को बन्छ करोडपति ग्रुपले जानकारी दिएको छ । सिइओ गुरुङले पनि आफू कार्यक्रममा सहभागी हुन लागेको जानकारी दिएका छन् ।
सिभिल बैंक महानायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम को बन्छ करोडपतिको बैंकिङ पार्टनर पनि हो ।