ज्योति विकास बैंकको शाखा कास्किमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 12:59:09 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले आफ्नो शाखा विस्तार गरेको छ । बैंकले कास्किमा नयाँ शाखा सन्चालनमा ल्याएको हो ।

पोखरा महानगरपालिकाको वडा नं २७ मा रहेको तालचोक र वडा नं ६ मा रहेको लेकसाईडमा बैंकले जेठ १५ गतेबाट नयाँ शाखा सुरु गरेको हो । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोख्रेल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले शाखाको औपचारिक उद्घाटन गरेका छन् ।

बैंकले आजकै दिनबाट कास्कीको तालचोक र लेकसाईड, कञ्चनपुरको महेन्द्रनगर, सुनसरीको धरान, ललितपुरको चापागाँउ र काठमाडौंको गोगंबु र महाराजगंज गरी ७ स्थानमा समेत नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । हाल बैंकले ९७ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ३२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । 

    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved