कावासोतीमा एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 04:28:03 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया NIC Asia Bank Limited ले नवलपरासीको कावासोती नगरपालिका ६, विष्णुनगरमा  शाखारहित बैंकिङ सेवा संचालना ल्याएको छ । नयाँ शाखारहित बैंकिङ कार्यलय संचालनमा ल्याएसँगै बैंकको शाखारहित इकाई २९ वटा पुगेको छ । बैंकको शाखारहित बैंकिङ सेवाको उद्घाटन कावासोती नगरपालिका उप–मेयर प्रेम शंकर मर्दानियाले गरेका छन् । 

बैंकले विभन्न स्थाना संचालना ल्याएको शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । यसले बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । 

उक्त सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

शाखा संजालको हिसाबले मुलुककै सबैभन्दा टुलो बैंक बन्न सफल बैंकले २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्स्टेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको । बैंकको करिब १६ लाख भन्दा माथि ग्राहक रहेका छन् ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved