प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ मा शाखा विस्तार गरेको हो । बैंकले काठमाण्डौ महानगरपालिका वडा नं. १४ बल्खुमा पनि शाखा विस्तार गरेको छ । बैंकको दुबै शाखा आजैदेखि सन्चालनमा आएका छन् ।
यी शाखाहरु समेत गरी बैंकले हालसम्म १८२ वटा शाखा, १४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।