प्राइममा गाभियो ललितपुर फाइनान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 04:59:54 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंकले ललितपुर फाइनान्ससँग प्राप्तिको सम्झौता गरेको छ । प्राइमले ग वर्गको ललितपुर फाइनान्सलाई गाभ्ने भएको हो । सम्झौतामा प्राइम बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्सका अध्यक्ष दीपक महर्जनले हस्ताक्षर गरे । 

ओम डेभलपमेन्ट बैंकसँगको मर्जर टुटेपछि प्राइम बैंक साना संस्थालाई गाम्भे रणनीतिमा छ । केही दिन अघि मात्रै प्राइमले कन्काई विकास बैंकसँग समेत प्राप्तिको सम्झौता गरेको थियो । ललितपुर फाइनान्सलाई समेत गाभेपछि प्राइमको कुल शाखा संख्या ९२ पुग्नेछ । 

प्राइमले कैलाश विकास बैंक सहित आधा दर्जनबढी वित्तिय संस्थासँग प्राप्तीको छलफल गरिरहेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved