अनाथ बालबालिकालाई हिमालयन बैंकको साथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 12:33:37 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “नवकिरण अनाथ असाहाय बाल उत्थान समाज" का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ ।

बैंकका महाप्रबन्धक सुशील जोशीले ललितपूर महानगरपालिका २३ हात्तीवनमा रहेको समाजको ४२ जना बालबालिकाहरुका लागि खाद्यान्नहरु (चामल, दाल, खाने तेल, चिउरा, चना, विस्कुट आदि) प्रदान गरेका छन् ।

समाजले विभिन्न स्थानबाट ल्याइएका निकै साना अनाथ बालबालिकाहरु तथा विभिन्न उमेर समुहका बालबालिकाहरुलाई आश्रय तथा उचित शिक्षा प्रदान गर्ने गरेको छ । 

बैंकले देशभर रहेका ५९ वटा शाखा र १२० वटा ए टि एमबाट ग्राहकहरुलाइ सेवा दिइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved