एनसीसीको ०७३-०७४ को वित्तीय विवरण स्वीकृत, असारमै एजिएम, कति दिंदैछ लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 02:19:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक Nepal Credit & Commerce Bank Limited को आर्थिक बर्ष २०७३-०७४ को वित्तीय विवरणले स्वीकृति पाएको छ। आर्थिक बर्ष २०७३-७४ को भईसकेको र आर्थिक बर्ष ०७४-७५ को वित्तीय विवरण पनि स्वीकृतिको क्रममा रहेको एनसीसी बैंक स्रोतले जनाएको छ। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बाँकी रहेको एनसीसीले दुई आर्थिक बर्षको साधारणसभा यहि असार मसान्तभित्रै गर्ने गरि तयारि थालेको स्रोतको भनाई छ। '७३-७४ को वित्तीय विवरण स्वीकृत भईसकेको छ, अब केहि दिनमा नै ०७४-७५ को वित्तीय विवरण स्वीकृत हुन्छ भन्नेमा छौं' स्रोतले भन्यो, 'यहि असारमा साधारणसभा बोलाउने गरि अरु काम अघि बढेको छ।' 

बैंकले कति दिन्छ त लाभांश ? 

अहिले बैंकको चुक्ता पुंजी ७ अर्ब १ करोड छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन पनि बैंकले कम्तिमा १ अर्ब रुपैयाँ बराबरको लाभांश वितरण गर्नुपर्ने हुन्छ। एनसीसीसंग करिब १ अर्ब ३० करोड बाड्न मिल्ने पैसा छ भने चारवटा बिकास बैंकलाई गाभ्दा स्वापबाट करिब ९० करोड प्राप्त भएको पैसा छ। यस हिसाबले पछिल्लो दुई बर्षदेखि लाभांश वितरण गर्न नसकेको एनसीसीले राम्रै अंकको लाभांश दिएर सहजै चुक्तापुंजी ८ अर्ब पुर्याउन सक्ने अवस्थामा छ। 

बैंक स्रोतकाअनुसार अहिले नै यति उति लाभांश वितरण गर्ने टुंगो नलागेपनि सेयरधनीले दुई आर्थिक बर्षको गरेर २० प्रतिशत भन्दा बढी लाभांश प्राप्त गर्नेछन। 

एनसीसीले चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ६१ अर्ब ४६ करोड निक्षेप संकलन गरि ५६ अर्ब ८१ करोड कर्जा परिचालन गरेको छ। यसबाट बैंकलाई तेस्रो त्रैमासमा १ अर्ब १६ करोड खुद मुनाफा आर्जन भएको छ। बैंकसंग ८४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved