सनराइज बैंक@Suले आशा राणा अधिकारी नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेकोे छ । प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ४ वर्षे कार्यकाल पुरा गरी अवकास पाएसँगै अकिारीले बैंकको निमीत्त प्रमुख काखर्यकारी अधिकृतको जिम्मेवारी सम्हालीरहेकी छन् ।
बैंकीङ क्षेत्रमा ३१ वर्षको अनुभव रहेको अधिकारी सनराइज बैंकको स्थापन देखि नै बैंकमा कार्यरत छिन् । उनले यसअघि हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्ष भन्दा बढी काम गरीसकेकी छन् ।
अधिकारी त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए.मा प्रथम श्रेणीमा उतिर्ण हुनुकौ साथै विश्वविद्यालयमा उत्कृष्ट नतिजा प्राप्त गरी महेन्द्र विद्याभूषण पदक बाट समेत सम्मानीत चएइकी छन् ।
बैंक सञ्चालक समितिले गत जेठ २२ गते निरज कुमार श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्दै असार २ गते देखि बैंकको नेतृत्व सम्हाल्ने जनाएको थियो । तर श्रेष्ठको नियुक्ती विरुद्ध बैंक सञ्चालकहरु बीचमा विवाद भएपछी उनले आन्तरीक कारण देखाउँदै बैंकमा कार्यभार सम्हालेका छैनन्। श्रोष्ठले बैंकको नेतृत्व ग्रहण नगरेपछि नयाँ सिइओले कार्यभार ग्रहण नगर्दा सम्मको लागि बैंकले अधिकारीलाई नै निमित्तको जिम्मेवारी प्रदान गरेको छ ।