एनआईसीको 'इसेवा काउन्टर डिपोजिट' सेवा सुरु, इसेवामा खातामा सिधै रकम जम्मा गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 08:00:24 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक लिमिटेड NIC Asia Bank Limited ले इसेवा काउन्टर डिपोजिट सेवा संचालनमा ल्याएको छ। यस सेवा अन्तर्गत आफ्नो इसेवा खातामा रकम सिधै जम्मा गर्न सकिने सुविधा रहेको बैंकले जनाएको छ। 

यसअघि मोबाइल वा इन्टरनेट बैंकिंङबाट मात्र रकम जम्मा गर्न सुविधा रहेकोमा यो सेवा संचालनमा आएसंगै ग्राहकले बैंकको काउन्टरबाटै सिधै इसेवामा पैसा डिपोजिट गर्न सक्नेछन। एनआईसी एसियाका हाल संचालनमा रहेका देशभरका २८४ वटै शाखाबाट इसेवामा सिधै पैसा जम्मा गर्न सकिने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सुचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिएका छन। 

बैंकले हाल मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत आफ्ना १६ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।      


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved