एन आई सी एशिया बैंकबाट इ सेवामा पैसा जम्मा गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 10:31:06 AM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो इ  सेवा खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ । 

हाल ग्राहकले आफ्नो मोवाइल बैंकिङ्ग वा इ-बैंकिङ्गबाट मात्र रकम जम्मा  गर्न सक्नेमा अब इ सेवा काउन्टर डिपोजिट सेवाबाट इ सेवाको एजेन्ट तथा ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै  शाखामा गई काउण्टरबाट नै इ सेवामा रकम जम्मा गर्न सक्नेछन् ।

बैंकले मुलुकभर २८४ शाखा कार्यालय, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर र ३५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved