जनता बैंकका कर्मचारीलाई लिडरसिप एकेडेमिले तालिम दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 01:36:48 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक र लिडरसिप एकेडेमिबिच बैंकका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि सम्बन्धि तालिम संचालन गर्न सम्झौता भएको छ ।एकेडेमिले राइस युनिभर्सिटि बिजनेस स्कुल अमेरिकाको उच्च स्तरीय तथा अन्तराष्ट्रिय स्तरको सिप बिकास, ब्यबसायीक दक्षता तथा नेतृत्व बिकास सम्बन्धि शिक्षा आवश्यकता अनुसार बिभिन्न तहका कर्मचारीहरुलाई प्रदान गर्नेछ । 

यस्ता तालिम तथा सिप मुलक शिक्षा अनलाइन कोर्ष, गोष्ठि तथा सेमिनार मार्फत प्रदान गरिने छ । एकेडेमिले बिशेष गरी एड्भान्स लिडरसिप प्रोग्राम, एक्जिक्युटिभ लिडरसिप प्रोग्राम तथा अनलाइन राइस डेलिभरि जस्ता कार्यक्रम मार्फत शिक्षा प्रदान गर्नेछ । 

यस किसिमको शैक्षिक तथा तालिमको माध्यमबाट बैंकका कर्मचरीहरुको कार्य दक्षता तथा ब्यबसायीक कुशलता अभिभृद्धि हुनुको साथै उनीहरुको नेतृत्व क्षमता बिकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने बैंकले विश्वास लिएको छ । 

सम्झौता  पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र एकेडेमिको तर्फबाट फाउण्डर तथा सिटिओ अरुण राज जोशीले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved