राष्ट्र बैंकले दियो सनराइज बैंकको संचालक समिति भंग गर्ने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 08:15:46 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख कार्यकारी अधिकृत (सीईओं) नियुक्तिलाई लिएर संचालकहरुबीचको विवादले सनराइज बैंक समस्यामा फसेको छ। निरज श्रेष्ठलाई सीईओं बनाउने निर्णयले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि नेपाल राष्ट्र बैंकले चाँसो बढाएको छ। 

संचालकहरुबीचको विवाद नमिले संचालक समिति नै भंग गर्ने अनौपचारिक चेतावनी दिएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ। बैंकका संचालक शैलेन्द्र गुरागाईंले सीईओ निरज श्रेष्ठको नियुक्ती रोक्न माग गर्दै राष्ट्र बैंकमा असहमति पत्र दर्ता गराएसंगै सनराइज बैंकभित्र विवाद चुलिएको हो।

संचालक समितिको बैठकले निरज श्रेष्ठलाई असार २ देखि लागु हुने गरेर सिइओ पदमा नियुक्ती दिएको थियो । बैंकका संचालक शैलेन्द्र गुरागाईँ र मालचन्द्र दुगडले असहमति जनाएपछि श्रेष्ठले पदभार ग्रहण रोकिएको छ। इप्पानका अध्यक्ष समेत रहेका गुरागाईले सीईओ को नियुक्तीलाई लिएर सुरुदेखि नै असन्तुष्टि जनाउदै आएका छन।   

बैंकको जेठ २२ गतेको संचालक समितिको बैठकले बहुमतका आधारमा निरज श्रेष्ठलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको थियो। तर सञ्चालकहरु बीचमा विवाद भएपछी श्रेष्ठले कार्यभार सम्हालेका छैनन्। श्रेष्ठले बैंकको नेतृत्व ग्रहण नगरेपछि नयाँ सिइओले कार्यभार ग्रहण नगर्दा सम्मको लागि बैंकले आशा राणा अधिकारीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरि निमित्तको जिम्मेवारी प्रदान गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved