आइएमई पेमा एनसीसी बैंकबाट पैसा लोड गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 12:55:15 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुपको आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

अब बैंकका ग्राहकले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर कोड मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्न सक्नेछन् ।

सम्झौतामा आइएमई पे का तर्फबाट महाप्रवन्धक खिलेन्द्र पौडेल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved