ग्लोबल आइएमई बैंकले बिदेशबाट दुई अर्ब बढी ऋण ल्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 06:02:48 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बीच बुधबार ऋणको लागि सम्झौता आदान–प्रदान भएको छ । सम्झौताअनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृती पश्चात बैंकले दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब बीस करोड नेपाली रुपैँया) ऋण लिई विभिन्न क्षेत्रहरुमा ऋण लगानी गर्न पाउनेछ ।

यो सम्झौताले हाल बैंकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य पूजिँको अभावलाई केहीहदसम्म कम गर्ने विश्वास बैंकको रहेको  छ । बैंकले आईएफसीबाट ल्याइने ऋणलाई विशेष गरी साना तथा मझौला उद्योग र पर्यटन तथा कृषि क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । 

बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले आज बैंकमा आयोजित एक समारोहकाबीच सम्झौता आदानप्रदान गरेका हुन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved