बैंकबाट व्यवसायी 'हटाउने' तयारिमा राष्ट्र बैंक, के के आउँदै छ मौद्रिक नीतिमा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 07:31:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिकको मिति नजिकिदै गर्दा कस्तो नीति आउला भन्ने चाँसो बढेको छ। चालू आर्थिक बर्षको ११ महिनाको आर्थिक तथा वित्तीय प्रतिबेदन तयार भएपछि मौद्रिक नीति सार्वजनिक गर्ने गरि गृहकार्य भईरहेको राष्ट्र बैंक अनुसन्धान बिभागले जनाएको छ।   

मौद्रिक नीतिमा लगानी योग्य रकमको अभाबको समस्या, मुद्रा स्फिती नियन्त्रण, आन्तरीक ऋणको प्रभाबको न्यूनीकरण वित्तीय क्षेत्रमा कसरि कम गर्न सकिन्छ भन्ने बिषयमा छलफल भईरहेको अनुसन्धान बिभागले जनाएको छ। 

पछिल्लो समय बिग मर्जरको बिषयले ठुलै स्थान पाएको छ। बजेटमा नै ठुला बाणिज्य बैंकलाई मर्जका लागि प्रोत्साहन गर्ने बिषय आएपछि  मौद्रिक नीति भनेकै बिग मर्जर भने जसरि बजारमा मर्जरको चर्चा छ। बजेटमा उल्लेख मर्जरको बिषयलाई सन्तुलित रुपले सफल बनाउने गरि तयारी भईरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ। 

अर्थमन्त्री ड़ा युबराज खतिवडाबाट 'ग्रिन सिग्नल' नपाएपछि चालू मौद्रिक नीति मार्फत बिग मर्जरबाट पछि हटेका नेपाल राष्ट्र बैंकका गभर्नर बजेटमा उल्लेख मर्जरको बिषयले उत्साहित देखिएका छन। त्यसैले पनि पछिल्लो समय गभर्नर नेपालले मलेसियाको उदाहरण दिंदै बैक वित्तीय संस्थाहरुलाई मर्जर तथा प्राप्तिका लागि आफु अनुकुल संस्था खोज्नलाई सार्वजनिक रुपमै निर्देशन दिंदै आएका छन। 

बिग मर्जरको बिषयमा केन्द्रित देखिएका गभर्नर नेपालले काठमाण्डौमा आयोजित एक कार्यक्रममा 'विग मर्जलाई विवाह भन्दै सांकेतिक रुपमा बैंकहरुलाई ‘लभ गर्ने भए अहीले नै गुर्नुस्, मौद्रिक नीतिपछि विहे गुर्नपर्छ’ भनेका थिए।

'बिग मर्जरको लागि सुरुमा प्रोत्साहन नीति लिईने र त्यसले पनि काम नगरे अन्तिम अस्त्रको रुपमा फोर्स मर्जरमा जाने राष्ट्र बैंकको नीति रहेको छ' राष्ट्र बैंकका एक उच्च अधिकारिले बिजपाटीलाई भने, 'राष्ट्र बैंकको बोर्डले अन्तिम निर्णय गर्ने भएकाले अन्तिम समयसम्म के हुन्छ भन्ने ठोकुवा गर्न मिल्दैन'। 

२०७२÷०७३ मा पनि मौद्रिक नीतिपुर्व पूँजी वृद्धिको विषयमा राष्ट्र बैंकका अधिकारीलाई जानकारी नभएको र मौद्रिक नीति आउने अघिल्लो दिनमा मात्र बोर्डले निर्णय गरेर अचानक पुँजी वृद्धि नीति आएको ति अधिकारी बताउँछन। 

पुँजी वृद्धि नीतिमा बैंहरुले तिव्र विरोध गर्नुको साथै चौतर्फी दवाव आउँदा पनि चार गुण पुँजी बढाउन सफलता हात पारेका गभर्नरले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनीक गर्दै छन। आगामी चैत बाट नेपालको ५ वर्ष कार्यकाल सकिनै लागेकाले विग मर्जरबाट बाणिज्य  बैंकको संख्या घटाउने आफ्नो् उदेश्य पुरा गर्नतर्फ संकते प्रष्ट रुपमा देखीएको छ।

के के आउँदै छ मौद्रिक नीतिमा 

बैंकहरुले सर्वसाधारणलाई जर्वजस्ति बीमा पोलिसि विक्रि गरेको समाचारहरु बाहिरीएसंगै राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरुलाई बीमा पोलिसि विक्रिमा पनि कडाइ गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ। यसको लागि बीमा अभिकर्ता संघले राष्ट्र बैंकमा लविङ पनि गरिरहेको स्रोतको भनाई छ। 

यस्तै व्यवसायिक घरानाका ब्यक्तिलाई बैंहको संचालक बन्न नपाउने ब्यवस्था ल्याउन सक्ने सम्भावना रहेको पनि स्रोतको भनाई छ । यसको् लागि बाफिया संशोधन नै संशोधन गर्नुपर्ने भएपनि तत्कालको लागि भने मौद्रिक नीतिबाट ब्यवस्था गर्ने र पछि वाफिायाको संशोधन हुन सक्ने स्रोतले जनाएको छ ।  स्वेच्छिक मर्जरमा नजाने लघुवित्तलाई फोर्स मर्जरमा जानको लागि क्यापीटल पुँजी पर्याप्तता अनुपात र पुँजी वृद्धि दुबै बाटो लिन सक्ने पनि स्रोतले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved