एनआईसी एशियाका ग्राहकलाई वयोधा हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 04:06:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकले वयोधा हस्पिटल वीरगन्जमा उपचार गराउँदा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच सम्झौता भएपछि बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले उपचार सेवामा १० प्रतिशतसम्मको छुट तथा अन्तरंग बिरामीहरुले १५ दिनसम्मको लागि क्यासलेस वा क्रेडिट सुविधा  प्राप्त गर्न सक्ने भएका हुन् ।

सम्झौतामा बैंकको तर्फबाट प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र हस्पिटलको तर्फबाट सुविधा सञ्चालक डा। रजनिश भारतीले हस्ताक्षर गरेका छन् ।

बैंकले २८४ शाखा कार्यालय, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved