वाणिज्य बैंकलाई बिग मर्जरमा लैजान फाइनान्स कम्पनीको ४ बुँदे सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 11:25:02 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइनान्स कम्पनीहरुले पनि वाणिज्य बैंकहरुलाई बिग मर्जरमा जान सुझाव दिएका छन् । फाइनान्स कम्पनीहरुको संस्था नेपाल बित्त संघले राष्ट्र बैंकलाई मौद्रिक नीतिको सुझाव पठाउदै विग मर्जरमा लैजान भनेको हो ।

संघले  विकास बैंक र फाइनान्सहरुको संख्यामा उल्लेख्य रुपमा कमी आइसकेको भएतापनि वाणिज्य बैंकहरुको संख्या नघटेकोले केहि सहुलियत सहित विग मर्जरमा लैजान सुझाव दिएको हो ।  

संघले यसको लागि निम्न ४ सुझाव पनि दिएको छ  । 

१) हालकायम रहेको सिसिडी रेसियो ८०% लाई मर्जर वा एक्युजीसन भएको संस्थालाई मर्जर वा एक्युजीसन गरेको मितिले १ वर्ष सम्मलाई सिसिडी रेसियोमा थप ५% छुटको व्यवस्था गरि  लाई ८५% सम्म कायम गर्नुपर्ने ।

२) हाल बैंक तथा वित्तीय संस्थाहरुले लिन पाउने संस्थापक निक्षेपको सिमालाई ५% विन्दुले थपगरि निक्षेप संकल नगर्न पाउने व्यवस्था गर्नुपर्ने । 

३) व्याजदर अन्तरको हकमा आ.व २०७६÷७७को व्याजदर अन्तर गणना गर्दा मर्जर वा एक्युजीसन भएको संस्थाहरु मध्ये अधिक रहेको व्याजदर अन्तरलाई आधार मानी व्याजदर अन्तर गणना गर्नु पाउनु पर्ने र समान व्याजदर अन्तर भएका संस्थाहरुको हकमा ०.२५% मा दरले व्याजदर अन्तर कायम गर्न पाउनु पर्ने । 

४) हाल व्यापारी र बैंकर एउटै भैरहेकोले आइन्दा बैंकर र व्यापारी छुट्टयाउन व्यक्ति स्वयमलाई स्वघोषणा गर्न लगाउने र व्यापारीक फर्मको हकमा आफ्नो पुँजीको ५% सम्ममात्र एउटा वित्तीय संस्थामा र कुलमा १५% सम्म मात्र लगाउने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved