सिटिजन्स बैंकद्वारा वृक्षारोपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 02:43:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले राष्ट्रिय वृक्षारोपण दिवसमा वन तथा वातावरण मन्त्रालयको अगुवाईमा संचालन गरेको वृक्षारोपण कार्यक्रममा उल्लासपूर्ण सहभागिता जनाएको छ । 

सरकारले कोटेश्वर—कलंकी चक्रपथ सडक किनारमा सौन्दर्यमुलक रूखहरू रोप्ने कार्यक्रम संचालन गरेको थियो । जसअनुसार बैंकले ग्वार्को शाखादेखि दक्षिणतर्फ ५०० मिटरसम्ममा १०० वटा कल्कीफूलका बिरुवाहरू रोपेको छ । बैंकले करिव १०० जना कर्मचारीहरूको अग्रसरतामा उक्त क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न  गरेको जनाईएको छ ।

बैंकले हाल ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु मार्फत सेवा प्रवाह गरिरहेको छ । 



            


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved