एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा आँबुखैरेनीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 04:15:24 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकामा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले शुक्रबारबाट पालिकाको वडा नं. १ को सत्रसयमा सेवा संचालनमा ल्याएको हो ।

उक्त शाखाबाट स्थानीयबासीले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

बैंकले हाल २८५ शाखा कार्यालय, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved