सकियो एनबिए बैठक, बैंकर भन्छन, 'मर्जर र मन्त्रीको कुरो उस्तै हो, बजार म्यानुपुलेशन तर्फ नलागौं'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 12:07:32 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले मर्जरको लागि पार्टन रोज्न निर्देशन दिएपछि बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको पहिलो पूर्ण बैठक बसेको छ। बैठकले कुनै ठोस निर्णय नगरेपनि राष्ट्र बैंकले लिन लागेको मर्जर नीतिलाई सहयोग पुग्ने गरि अगाडी बढ्ने सैदान्तिक सहमति भएको संघले जनाएको छ।

बैठकमा कुन बैंक को संग जाने भन्ने बिषयमा निर्णय नभएपनि समसामयिक परिस्तिथिबारे छलफल भएको एक बैंकरले बताएका छन। बजारमा केहि संचार माध्यममा आएजसरि कुन बैंकले कसलाई मर्जर गर्ने भन्ने बिषयमा कुनै पनि कुरा नभएको उनले बताएका छन। यद्दपी मर्जरका लागि कसरि अघि बढ्ने भन्ने प्रकृयागत बिषयमा भने छलफल भएको उनले बताएका छन।

मर्जर र मन्त्री परिवर्तनको बिषय उस्तै भएको भन्दै अहिले नै कुन बैंक कोसंग जाने भनेर नाम किटान गरेर लेख्न र बोल्न हतार हुने ति बैंकरले बताएका छन। 'एउटा बैंकले दर्जन बढी बैंकसंग मर्जरका लागि छलफल गरिरहेको हुन्छ, त्यो सबै बिषय लेख्दा र बोल्दा त्यसले मर्जर प्रकृयामा असर नपरेपनि सेयरको दोस्रो बजारमा बजार भाऊमा प्रभाव पर्न सक्छ' उनले भने, 'मर्जरको बिषय एक दुईले बोलेर हुने कुरा होइन, ८ अर्बको बैंकमा संचालक र प्रमोटर धेरै छन, एमओयु नहुँदासम्म नाम किटान गरेर मर्जरको कुरा गर्नु भनेको 'बजार म्यानुलेशन' गर्नु मात्र हो।' हुन्छ    

यद्दपी 

मर्जरका लागि राष्ट्र बैंकले प्याकेजमा नै सहुलियत दिनुपर्ने बिषयमा छलफल भएको बैंकर्स संघका सीईओं अनिल शर्माले बिजपाटीलाई बताएका छन। संघको आजको बैठक नियमित भएको र मर्जरलाई लिएर लिखित वा सैदान्तिक रुपमा त्यस्तो कुनै ठोस निर्णय नभएको शर्माले बताए। 

आगामी आर्थिक बर्षको मौद्रिक नीतिको अन्तिम तयारिमा रहेको नेपाल राष्ट्र बैंकले गत साता मात्रै बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा संचालकलाई डाकेर छलफल गरेको थियो। छलफलमा बैंकहरुलाई समय नै तोकेर मौद्रिक नीति आउनु पुर्व नै मर्जर गर्ने वा कसरि अगाडी बढ्ने भन्नेबारे स्पष्ट हुनलाई निर्देशन दिएको थियो। 

त्यसयता क्लोजिङ, बैंकहरुको आन्तरिक बजेट, आगामी बर्षको योजनाको चापमा रहेका बैंकहरु मर्जरलाई लिएर समेत तिब्र छलफलमा लागेका छन। केहिले मर्जर कमिटि नै गठन नै गरेर मर्जरको बिषयमा छलफल गरिरहेका छन। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved