बिजपाटी सम्बाददाता     Jul 02, 2019 | 03:35:20 PM


एभरेष्ट बैंक Everest Bank Limited का ग्राहकले नेपाल मेडीसिटी हस्पिटल भैँसीपाटीमा उपचार गराउँदा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौताअनुसार ग्राहकले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडि परामर्श तथा प्याकेजहरु बाहेक अन्य सेवा–सुविधाहरुमा ७% छुट पाउने भएका हुन् ।  

बैंकका ग्राहकले भिषा /डेबिट कार्ड स्वाइप  गरेर उक्त सेवाको लाभ लिन सक्नेछन् । बैंकले हाल ९४ वटा शाखा, २८ वटा राजस्व संकलन काउन्टर र ११९ एटिएम बाट सेवा प्रदान गरिरहेको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका