मर्जर एक, बैंकमा लमीका रुप अनेक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 10:02:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकका अध्यक्ष तथा सीईओलाई भेला गरेर मर्जरको बिकल्प बारे प्रतिबद्धतापत्र पठाउन निर्देशन दिएपछि बैंकिङ क्षेत्रमा मर्जरको चर्चा चुलिएको छ। 

राष्ट्र बैंकबाट निर्देशनात्मक सुझाब पाएपछि बैंकहरु आफु अनुकुल जोडी रोज्नलाई व्यस्त देखिएका छन। अधिकांश बैंकहरु मानसिक रुपमा नै मर्जरको लागि तयार देखिएका छन। 

मर्जरमा जाने मानसिकता बनाएपनि कोसंग कसरि जाने भन्नेबारे बैंकहरुमा आन्तरिक छलफल चलेपनि प्रस्ताव लगिदिने अर्थात 'लमी' को रुपमा बैंकहरुले धेरै किसिमका माध्यम तयार गरेका छन।  

बिहेको लागि जोडी खोज्नलाई पण्डितलाई प्रयोग गरीएझैं बैंकहरुले पनि एउटा मर्जर कमिटि गठन गरेको हुन्छ। सामान्यतया त्यहि मर्जर कमिटिले नै को संग कसरि मर्जमा जाने भन्नेबारे काम गर्छ। तर बिहेको लागि बर खोज्न पण्डितलाई खटाइएझैं बैंकहरुले चार्टड एकाउन्टेट (सीए) हरुलाई खटाउने गरिएको पाइएको छ।

'जसरि बिहेको लागि पण्डितलाई केटाकेटिको बारेमा जानकारी हुन्छ त्यसैगरि सीएहरुलाई बैंकहरुको वास्तविक अवस्थाबारे थाहा हुन्छ, उनीहरुका 'गुदी' कुरा समेत सीएलाई थाहा हुने भएकाले अहिले लमीको रुपमा प्रयोग गरिएको हुन सक्छ र यो सामान्य बिषय पनि हो' एक सीएले भने। 

त्यस्तै बैंकहरुले मर्जर कमिटिको साथसाथै त्यहाँका उच्च पदस्थ कर्मचारी, प्रमोटर ग्रुप, संचालक समिति, अध्यक्ष लगायतका माध्यमबाट समेत मर्जरको प्रस्ताब अघि बढाएका छन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved