सानिमा बैंकका सीईओ भन्छन, कमिटि गठन भयो,सिस्टमलाई नै फाइदा हुने गरि मर्जरमा जान्छौं

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 04:00:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक @Sani ले मर्जरका लागि कमिटि गठन गरेको छ। राष्ट्र बैंकले मर्जरको लागि प्रतिबद्दतापत्र बुझाउनलाई म्याद दिएको दिन नै बैंकले मर्जरको लागि संचालक समितिको नेतृत्त्वमा मर्जर कमिटि गठन गरेको हो। 

'आज मर्जर कमिटि गठन गर्यौं' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, 'अब राष्ट्र बैंकले खोजेजस्तो वित्तीय स्थायित्व हुने गरि राम्रोसंग अध्ययन गरेर मर्जरको लागि अघि बढ्छौं' 

बजारमा आएजस्तो सानिमाले कुनै बैंकसंग मर्ज गर्ने नभएको भन्दै सीईओ दाहालले मर्ज भन्ने कुरा हतारमा गर्ने कुरा नभएकाले अध्ययन गरेर मात्र टुंगोमा पुग्ने बताए। 

राष्ट्र बैंकको उदेश्य प्राप्ति हुने गरि मर्जर हुनुपर्छ भनेर आफ्नो टिओआरमा लेखिएको सुनाउदै सीईओ दाहालले सिनर्जी इफेक्ट भएर सम्पूर्ण प्रणालीलाई फाइदा पुग्ने गरि मर्ज गर्नुपर्छ भनेर सुझाब दिनलाई भनेको बताए। 

सानिमाले ठुला साना कुन लेभलका बैंकसंग मर्जरको कुरा अघि बढाएको छ भन्ने प्रश्नको उत्तर दिंदै सीईओ दाहालले आफुहरुले सबै बैंकलाई समान सम्मान गर्ने बताए। 'सबै बैंकलाई समान सम्मान छ, साना ठुलो भन्ने छैन, कर्पोरेट गभर्नेस राम्रो भएको, मुद्दा मामिलामा फस्नु नपर्ने, भविष्यमा विवाद नआउने जुन सुकै बैंक पनि हाम्रो रोजाई हुन्छ' उनले भने।   बजारमा सानिमा र माछापुच्छ्रे बैंकबीच मर्जर हुने चर्चा छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved