मेगा सहित ७ बाणिज्य बैंकले बुझाए राष्ट्र बैंकमा मर्जरको लिखित प्रतिबद्दता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 04:44:38 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्जरको लागि ७ वाणिज्य बैंकले राष्ट्र बैंकमा लिखित प्रतिवद्धता पठाएका छन। विहीबार साँझ सम्म ७ वटा वाणिज्य बैंकमा मर्जमा जाने लिखित प्रतिवद्धता जनाएको राष्ट्र बैंकका प्रवक्त लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिएका छन। 

राष्ट्र बैंकले गत विहीबार बैंकका सञ्चालक र सिइओहरुलाई बोलाएर ७ दिन भित्र मर्जरको लागि पार्टनर खोज्न र लिखित प्रतिवद्धता सहीत उपस्थीत हुन निर्देशन दिएको थियो। सोही बमोजिम नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक,  सिभिल बैंक, लक्ष्मी बैंक र सानिमा बैंकले राष्ट्र बैंक समक्ष लिखित प्रतिवद्धता बुझाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।  

बैंकहरुले कमिट गठन गरेर मर्जरको छलफल चलाइरहेको र आफुहरु मर्जमा जान तयार रहेको आशष्य सहीत प्रतिवद्धता पत्र बुझाएको प्रवक्ता निरौलाले बिजपाटीलाई जानकारी दिए। बिजपाटी डटकमले बुधबार नै 'मर्जरको प्रस्ताव बोकेर सानिमा सहित ४ बैंक पुगे राष्ट्र बैंक' भन्ने शिर्षकमा समाचार लेखेर यो बिषय बाहिर ल्याएको थियो । 

अन्य बैंकहरुले पनि मर्जर कमिटि गठन गरिरहेकोले केही दिनमा प्रतिबद्दता आउने विश्वास राष्ट्र बैंकले लिएको उनले बताए । राष्ट्र बैंकको निर्देशनसँगै अधिकांश बैंकहरुले मर्जर कमीटी गठन गरेर मर्जको छलफले चलाइरहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिबाट लिने निर्णयको आधारमा कस्तो रणनीति लिएर अगाडी बढ्ने एकीन हुने बैंकका सञ्चालकहरुले बताइरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved