एभरेष्ट बैंकद्वारा बिद्युतिय शवदाहगृह स्थापना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 04:51:37 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले पोखरामा वातावरण मैत्री शवदाहगृह मेशीन स्थापना गरेको छ । मेशीनमा तातो बहाली प्रणाली र रिफ्लेक्टर रहेको छ । 

उक्त सिस्टमले नष्ट हुने तातोलाई सदुपयोग गर्नुका साथै दाहसंस्कारको समय अवधि पनि कम गर्दछ । यसले २५० केजीभन्दा बढि प्रति दाहसंस्कारका लागि प्रयोग हुने काठ जोगाउने जनाइएको छ। यस प्रणालीमा चिसो स्क्रबरको माध्यमबाट धुवाँ बाहिर निस्किने भएकाले जोखिमपूर्ण वायू प्रदूषक र विषादी पदार्थहरु वायुमण्डलमा पुग्नुअघि हटाउछ ।

बैंकले उक्त मेशीन गण्डकि प्रदेशका मुख्यमन्त्री पृथ्बि सुब्बा गुरुङको हातबाट पोखरा महानगरपालिकाको मेयर मान बहादुर जि सीलाई हस्तान्तरण गरेको छ ।

बैंकले हाल ९४ वटा शाखा, २८ वटा राजस्व संकलन काउन्टर र ११९ वटा एटिएम काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved