माछापुच्छ्रेले गर्यो यी ६ बैंकसंग मर्जरको प्रस्ताव, सानिमासंगको सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 05:45:38 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक @Ma ले आधा दर्जन बैंकहरुसंग मर्जरको लागि छलफल थालेको छ। करिब ४-५ महिना अघि नै मर्जर कमिटि गठन गरेको माछापुच्छ्रे बैंकले मर्जरलाई लिएर आधा दर्जन बैंकहरुसंग छलफल थालेको बैंक स्रोतले जनाएको छ। 

बिजपाटीलाई प्राप्त जानकारीअनुसार माछापुच्छ्रेले सेन्चुरी, जनता, लक्ष्मी, सिद्दार्थ, सानिमा लगायतका बैंकहरुसंग मर्जरको लागि छलफल थालेको छ। बजारमा माछापुच्छ्रे र सानिमाबीच मर्जर हुने चर्चा चलेपनि अन्य बैंकहरुसंग समेत लामोसमय देखि नै छलफल चलिरहेको स्रोतको भनाई छ। 

झन्डै ५ महिनाअघि संचालक रोशन केसीको नेतृत्त्वमा मर्जर कमिटि गठन गरेर मर्जरको बिषयलाई अघि सारेपनि प्रस्ताव गरेका बैंकहरुबाट जवाफ आईनसकेको माछापुच्छ्रे बैंक स्रोतले बताएको छ। 'सानिमा र माछापुच्छ्रेमा गैरआवासिय नेपाली (एनआरएन) को लगानी रहेकाले दुवै बैंक मर्जरमा जान सक्ने बजार चर्चा स्वाभाविक हो' बैंक स्रोतको भनाइ छ। 

नेपाल राष्ट्र बैंकले असार १२ गते बैंक वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारीहरुलाई डाकेर मर्जरको बिषयमा छलफल गरेको थियो। राष्ट्र बैंकले बैंकहरुलाई मर्जरको लागि प्रतिबद्दतापत्र सहित आउँनलाई मिति नै तोकेपछि पछिल्लो समय बैंकिंङ क्षेत्र 'मर्जर मय' बनेको छ। बैंकहरुले आफु अनुकुल पार्टनर खोज्न थालेपछि कुन बैंकले कसलाई मर्ज गर्छ भन्ने सर्वत्र चाँसोको बिषय बनेको छ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved