सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकले असार २२ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। मर्जपछि सप्तकोशी डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो । यस अघि साउन १ गते बाट एकीकृत कारोबार सुरु हुने भनिएपनि सो अगावै नै प्रक्रिया सकिएको हो ।
एकिकृत कारोबार गर्नको लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले असार २० गते शुक्रबार एक दिनको लागि बैंकिङ्ग कारोबार बन्द हुने बैंकले जनाएको छ । दुई विकास बैंक एक बराबर एक शेयर रेसियो अनुपातमा मर्जरमा गएका हुन् ।
मर्जरपछि बन्ने सप्तकोशी डेभलपमेन्ट बैंकको चुक्ता पुंजी ८१ करोड हुने छ । बैंकको केन्द्रीय कार्यालय धनकुटामा र कर्पोरेट कार्यालय विराटनगरमा रहनेछ। प्रदेश १ को सबैभन्दा ठूलो विकास बैंक पनि शप्तकोशी नै हुने छ। नेपाल राष्ट्र बैङ्कले प्रादेशिक स्तरको बैङ्क हुन १ अर्ब २० करोड चुक्ता पूँजी चाहिने भएकाले बैङ्कले हकप्रद र बोनस शेयर मार्फत पूँजी वृद्धि गर्ने बैंकको तयारी छ ।