ग्लोबल आईएमई र जनता बैंकबीच मर्जर सम्झौता, स्वाप कति ? नयाँ बैंकको नाम के ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 11:33:54 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडले आज मर्जरको लागि सहमती पत्रमा हस्ताक्षर गरेका छन् । आज आयोजित कार्यक्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशब बहादुर रायमाझीले मर्जरका लागि सहमती पत्रमा हस्ताक्षर गरेका हुन  ।

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ भने सञ्चालक समितिको अध्यक्षमा ढकालले नै निरन्तरता पाउने छन । सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट रहने छन् । त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री रहने र बरिष्ठ डेपुटी सिइओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमती भएको छ ।

जनता बैंकको १०० कित्ता बराबर ग्लोबलको ८५ कित्ता शेयर हुने गरी स्वाप तय गरिएको ग्लोबल आईएमई बैंक स्रोतले जनाएको छ । यद्यपि यसको अन्तिम टुंगो भने सम्पत्ती तथा दायित्व मूल्याङ्कन (डिडिए)  रिपोर्टको आधारमा गरिने छ । मर्जपछि बन्ने बैंकको नाम ग्लोबल आईएमई नै रहेको स्रोतले जनाएको छ ।

मर्जरको लागि ६ सदस्यीय मर्जर कमिटि गठन भएको छ ।  हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी दश अर्ब ३१ करोड रुपैयाँ छ भने जनता बैंकको आठ अर्ब रुपैयाँ छ। 

जनता बैंकका सीइओ क्षेत्रीले यस अघि बिजपाटीसंगको कुराकानीमा मौद्रिक नीति अगावै बैंकले मर्जर समझौता गर्न सक्ने बताएका थिए 


यो हेर्नुस : 

जनता बैंकको सीईओ भन्छन, मौद्रिक नीति पुर्व नै मर्जरको सम्झौता हुन सक्छ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved