प्राइम कमर्शियल बैंकले कैलाशलाई गाभ्ने, स्वाप रेसियो कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 02:02:51 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकबीच एक्विजिसन सम्बन्धि सम्झौता भएको छ । प्राइम बैंकले कैलाशलाई गाभ्ने सम्झौतामा शुक्रबार हस्ताक्षर भएको प्राइम बैंकका कम्पनी सचिव सन्तोष बरालले बिजपाटीलाई जानकारी दिए ।

 सम्झौतामा  प्राइमको तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाशको तर्फबाट अध्यक्ष नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । 

स्वाप रेसियो भने सम्पत्ती तथा दायित्व मूल्याङ्कन (डिडिए)  रिपोर्टको आधारमा तय गर्ने सहमति भएको छ । यद्यपि १००ः९४ को स्वाप रेसियोमा सम्झौता भएको स्रोतले जनाएको छ । अर्थात् कैलाश विकास बैंकको १०० कित्ता शेयर हुनेले प्राइमको ९४ कित्ता शेयर पाउने छन । 

हाल प्राइमको चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने कैशालको २ अर्ब ३६ करोड रहेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved