सिद्धार्थ बैंक Siddhartha Bank Limited र यूकेएड सक्षम एक्सेस टु फाइनान्सबीच एक सम्झौता भएको छ । साना तथा मझौला उद्योग कर्जासम्बन्धी कार्यक्रम परिवर्तन गर्न फाइनान्ससँग सम्झौता गरिएको बैंकले जनाएको छ ।
सम्झौताले नवीनतम् तथा दिगो पद्धतिमार्फत साना तथा मझौला उद्योगहरुको वित्तीय आवश्यकतालाई पूरा गर्ने विश्वास लिईएको छ । परम्परागत संयन्त्रबाट ऋण प्राप्त गर्न नसक्ने अवस्थामा रहेका व्यवसायीहरुको आवश्यकतालाई सम्झौताले सम्बोधन गर्ने विश्वास लिईएको छ । यस सहकार्य अन्तर्गत बैंकले आफ्नो शाखाबाट लघु तथा साना व्यवसायलाई अनुकुल हुनेगरी आफ्नो व्यवसाय ढाँचालाई परिवर्तन गरी उत्पादन तथा सेवा प्रवाह संयन्त्रलाई संसोधन गर्ने जनाएको छ ।
सक्षम फाइनान्स यूकेएडबाट वित्तीय सहयोग प्राप्त कार्यक्रम रहेको जुन नेपाल सरकार र संयुक्त अधिराज्यबीचको सम्झौताको एउटा हिस्सा हो ।