एनआईसी एशिया NIC Asia Bank Limited का ग्राहकले सुजुकी ड्राइभिङ स्कुलमा छुट पाउने भएका छन् । बैंक र सुजुकीबीच भएको सम्झौता अनुसार ग्राहकले ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा क्युआर पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्नेछन ।
क्युआर पेमेन्टका लागि ग्राहकले बैंकको मोबाइल एपमार्फत् क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् ।
सम्झौतामा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवा र सुजुकीको तर्फबाट ड्राइभिङ स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेक जंग थापाले हस्ताक्षर गरेका छन् ।
बैंकले हाल २८५ वटा शाखा कार्यालय, ३०० वटा एटिएम, ४७ वटा एक्स्टेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ इकाईमार्फत् सेवा प्रदान गरिरहेको छ ।