बैंकर्स संघका अध्यक्षले भने 'फोर्स मर्जरमा जान नपर्ने गरी मौद्रिक नीति ल्याउनु पर्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 01:31:10 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुको संगठन नेपाल बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले फोर्स नभई स्वस्फुर्त मर्जर गर्नु पर्ने बताएका छन्। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिको लागि सुझाव संकलन गर्न आयोजना गरेको सरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले फोर्स मर्जरमा जान नपर्ने गरी प्रोत्साहन नीति ल्याउनलाई सुझाव दिएका हुन  । 

नेपाल बंगलादेश देशका बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढुंगानाले स्प्रेड दर, सिसिडि रेसियो, मर्जरमा जाने बैंकको सीइओ , डेपुटी सीईओको कुलिंङ पिरियड ,  संचालकको संख्या जस्ता बिषयमा मौद्रिक नीति मार्फत सहुलियत दिनु पर्ने माग गरे 

लगानी योग्य रकमको अभावमा ब्याजदरमा प्रभाव परेको र त्यस्तै अहिले भद्र सहमतिले  नियन्त्रण गरेको भन्दै अब त्यस्तो भंद्र सहमति गर्न नपर्ने गरी मौद्रिक नीति ल्याउन पनि अध्यक्ष ढुंगानाले सुझाव दिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved