सांग्रिला डेभलपमेन्ट बैंकद्धारा आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 02:59:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले मुस्ताङको एक विद्यालयमा अध्ययनरत बालिकालाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत घरपोजङ गांउपालिका वडा नं. ३मा रहेको  जनकल्याण आधारभुत विद्यालय कक्षा २ मा अध्ययनरत छात्रा रेनुका परियारलाई सहयोग गरेको हो ।

विपन्न परिवारमा जन्मिएकी परियारको पढाईको लागि बैंकले आर्थिक सहयोग गरेको हो । जोमसोममा रहेको बैंकको शाखाका प्रमुख राजिब पौडेलले सो विद्यालयका प्रधानाध्यापक राम प्रसाद शर्मालाई सहयोग चेक हस्तान्तरण  गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved