सरकारलाई पहिले पत्र बुझाएको भन्दै बैंकरलाई गभर्नरले हप्काए, डेपुटीले सम्हाले (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 09:30:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले मर्जरको बिषयलाई लिएर बैंकहरु पहिले सरकारकोमा गएकोमा असन्तुष्टि जनाएका छन। मौद्रिक नीतिका लागि सुझाब संकलन गर्न सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सरोकारवालाहरुको कुरा सुनेपछि सम्बोधन गर्ने क्रममा गभर्नर नेपालले यस्तो बताएका छन। 

मर्जरको बिषयमा बैंकरहरु आफु भन्दा पहिले सरकारकोमा गएको भन्दै गभर्नर नेपालले असन्तुष्टि जनाउदै भने, तपाइँहरु मकहाँ आउनु भन्दा पहिले मर्जरको कुरा बोकेर सरकारको मा जानुभएको होइन ?

गभर्नर नेपालले बैंकरसंग आक्रामक बन्दै गर्दा राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले एक पत्र देखाउदै उनलाई सम्हाले। त्यसपछि गभर्नर नेपाल सम्हालिदै शान्त हुने प्रयास गर्दै भने, 'अमेरिकामा त मर्जरको कुरा हुन्छ, नेपालमा गर्न हुदैन भन्ने केहि छैन, लामो अध्ययनपछि ल्याउन लागेको मर्जरको नीतिगत ब्यवस्थालाई सबैले सहर्ष स्वीकार गर्नुपर्छ।'

गभर्नर नेपालले राष्ट्र बैंकलाई नै कन्फ्युजन पर्नेगरि मर्जरविरुद्ध प्रस्तुत नहुन र नबोल्न आग्रह गर्दै मर्जर अहिलेको आवश्यकता भएको स्पष्ट पारे। बिश्वमा के भइरहेको छ भन्ने कुराको जानकारी आफ्ना कार्यकारी निर्देशकहरुलाई राम्रोसंग थाहा हुने भन्दै आवश्यकता भएर नै आफुले मर्जरको पहल थालेको गभर्नर नेपालले बताए।       

मौद्रिक नीतिका लागि सुझाव दिने क्रममा बैंक अफ काठमान्डूका सीईओ शोभनदेव पन्त लगायतले राष्ट्रबैंकले हतारमा ‘बिग मर्जर’को नीति ल्याउन खोजेको भन्दै यसको आवश्यकता किन पर्यो भनेर जवाफ मागेका थिए।  

गभर्नर डा. नेपालले मर्जरको बिषयलाई लिएर उठेका आशंकाबारे स्पष्ट पार्दै भने, ‘तपाईहरु भनेका सबैभन्दा बढी पढेलेखेका व्यक्तिहरु हुनुहुन्छ, सेन्ट्रल बैंकले अध्ययन गरेरै अगाडि बढाएको विषयलाई साथ दिनुहोस्, सहयोग गर्नुहोस्।’

नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्याकरी हुँदा बैंकमा खाता नखोली सेयरमा लगानी गर्न नपाइने नीति ल्याउँदा त्यो बेलापनि बिरोध भएपनि आफु पछाडी नहटेको उदाहरण पेश गर्दै गभर्नर नेपालले आफु मर्जरको बिषयबाट पछाडी नहट्ने स्पष्ट पारे। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved