कसकोे स्वार्थमा रोकियो मेगा-जनता तथा प्राइम- सेन्चुरीको मर्जर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 09:38:05 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा र जनता बैंक मर्जरमा जाने सहमति अन्तिम समयमा तोडीएपछि कसको स्वार्थले मर्जर भाँडियो भन्ने सर्वत्र चाँसोको बिषय बनेको छ। बिहिबार बेलुकासम्म सबै बिषयमा सहमति जुटाएका दुई बैंकबीच शुक्रबार बिहान मर्जर सम्झौतामा हस्ताक्षर हुन सकेन। अन्तत ग्लोबल र जनताबीच मर्जर सम्झौतामा हस्ताक्षर भयो। 

आखिर किन तोडियो त मेगा र जनताको मर्जर ?

स्वाप्त अनुपातमा समेत कुरा मिलिसकेको र लिखित सम्झौता गर्ने भनेर टुंगिएको बिहिबारको छलफल अन्तत सहमतिमा पुगेन। अर्थमन्त्री ड़ा युबराज  खतिवडाको ठाडो हस्तक्षेपले यी दुई बैंकबीच मर्जर नभएको बजारमा चर्चा छ। जनता बैंकमा खतिवडाको 'आफन्त' को नाममा धेरै कित्ता सेयर रहेकाले मर्जर तोडिएको बजार चर्चा छ। 

तर सूचांकको आधारमा केही कमजोर देखिएका बैंकहरुलाई बलियो मानिएका बैंकहरुसँग मर्जर गराउने राष्ट्र बैंकको नीति भएकोले मेगा र जनताबीचको मर्जरको प्रयासमा राष्ट्र बैंकले असहयोग गरेको खुल्न आएको छ। 

किन सम्भव भएन प्राइम र सेन्चुरीको मर्जर ?

राष्ट्र बैंकले सूचांकको आधारमा कमजोर देखिएका बैंकहरुलाई बलियो मानिएका बैंकहरुसँग मर्जर गराउने नीति लिएकाले प्राइम र सेन्चुरीबीचको मर्जर प्रयास असफल भएको बताइएको छ। राष्ट्र बैंकले ८ वटा बाणिज्य बैंकलाई एक आपसमा मर्जरमा जान नदिने नीति लिएको र त्यो ८ मध्ये प्राइम र सेन्चुरी पर्ने भएकाले यी दुईबीचको प्रयास असफल बनाइएको स्रोतको दाबि छ। 

नेपाल राष्ट्र बैंकले असार १२ गते मर्जरमा जानको लागि तयार रहनलाई निर्देशन दिएपछि बाणिज्य बैंकहरु उपयुक्त जोडी खोज्न लागिपरेका छन। राष्ट्र बैंकले लिएको मर्जरको पहललाई साथ दिनलाई बैंकहरुले छलफल र भेटघाट बाक्लो बनाएका छन। अहिलेसम्म १६ वटा बैंक र एक विकास बैंकले मर्जरको लागि प्रतिबद्दता जनाएका छन भने ग्लोबल र जनताबीच मर्जरको सम्झौतामा हस्ताक्षर भएको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved