बैंकरलाई व्यवसायी किशोर प्रधानले पढाए कालिदासको पाठ (भिडियो सहित)

विजय पराजुली

विजय पराजुली

Jul 09, 2019 | 11:50:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार राष्ट्र बैंकले सरोकारवालाहरु बोलाएर आगामी मौद्रिक नीतिको लागि संकलन तथा छपलफल गरेको थियो । सरोकारवाले लिखित रुपमा सुझाव पठाइसकेको अवस्थामा राष्ट्र बैंकले उक्त कार्यक्रमबाट औपचारीकता मात्र पुरा गरेको देखिन्छ । राष्ट्र बैंकको सुझाव संकलन कार्यक्रममा बैंक अफ काडमाण्डुका सिइओ सोभनदेव पन्तले अहिले मर्जर नै गर्नु थियो भने पहिले किन लाइसेनस बाँडेको र ४ गुणा पुँजी बढाउँदा हकप्रदको बाढी किन ल्याएको त्यसको औचित्य पुष्टी गर्न राष्ट्र बैंकलाई चुनौति दिए  । 

यस्तै नेपाल उद्योग वाािण्ज्य महासंघका उपाध्यक्ष किसोर प्रधान बैंकहरुप्रति केही आक्रमक रुपमा प्रस्तुत भए । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले केही दिनअघि एक कार्यक्रममा व्यवसायीलाई कालिदास जस्तैै मुर्ख भएको टिप्पणी गरेका थिए । व्यावसायिले व्याजदर घटाउनको लागि आन्दोलन गरिरहेको तर व्याजदर घटाउनको लागि ब्याजदरमा गरेको भद्र सहमतिलाईे कार्टे्लिङ को संग्या दिएको तर्फ संकेत गर्दै उनले कालिदासले जस्तो रुखको टुप्पोतिर बसेर फेद काट्न खोजेको टिप्पणी गरेका थिए । 

सोही प्रसंगलाई जोड्दै किशोर प्रधानले कालिदास कुनै समयमा मुर्ख रहेपनि पछि शकुन्तलाजस्तो महाकाव्य लेखेको समेत ख्याल गर्न बैंकर्स संघका अध्यक्षलाई आग्रह गरे । उनले व्यावसायिहरु रुखको हाँगामा बसेर रुख काट्ने होइन, त्यो रुखलाई मलजल गरेर हुर्काउने पनि गरेको भन्दै शकुन्तल जस्तो विश्वविख्यात महाकाव्य लेख्ने कालिदास कति महान रहेका छन् त्यसको ख्याल गर्न सुझाव दिएका थिए । 

बैकर्स संघले ब्याजदर बढ्न नदिनका लागि भन्दै भद्र सहमति सहमतिलाई जनताले कार्टे्लिङ रुपमा बुझेको उनको भनाई थियो । व्यवसायीहरुको नै बैंकमा लगानी रहेकोले व्यावसायिले जनताको पैसामा खेलवाड गरिरहेको बुझाइ जनतामा गएको उनकोे भनाई थियो । राष्ट्र बैंकले पनि बैंकहरुको कार्टे्लिङ साथ दिएको भन्दै केन्द्रिय बैंकले निक्षेपमा होइन कर्जामा कार्टे्लिङ गर्नुपर्ने उल्लेख गरे । कर्जाको ब्याजदर महंगो हुँदा व्यावसायि मारमा परेको भन्दै कर्जाको ब्याजदर ७ देखि ९ प्रतिशतमा ल्याउन राष्ट्र बैंकलाई  हस्तक्षेत्र गर्न सुझाव दिए । प्रधानले बैंकर्सले ब्यवासाय गर्ने नपउने र उद्योग दर्ता पनि मर्जर नपाउने कानु नल्याउनपर्ने आवश्यकता रहेको औंल्याए । अन्तराष्ट्रि क्षेत्रमा भएको व्यवस्था नेपालमा पनि लागु हुनुपर्ने उनको भनाई छ । यसमा राष्ट्र बैंक गम्भिर नरहेको भन्दै यस विषयमा सोच्न आग्रह गरे । 

उता बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने भद्र सहमतिको बचाउ गर्दै कर्जाको ब्याजदरलाई नियन्त्रण गर्न निक्षेपको ब्याजदरमा भद्र सहमति गरेको बताए । आगामी मौद्रिक नीतिले यस्तो सहमति गर्नुपर्ने अवस्थाको अन्य गर्न पनि उनले सुझाव दिए । उनले ब्याजदरको भद्र सहमतिले व्यवसायीले लिने कर्जाको ब्याजदरमा नै फाइदा भएको बताएका थिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved