नागरिक लगानी कोषको ऋण भुक्तानी अनलाइन बाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 01:02:14 PM मा प्रकाशित

laxmi  sunrise bank

 नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धी अवकाश कोषको भुक्तानी अनलाइन मार्फत गर्न सकिने भएको छ। भुक्तानीलाई अन्लाईन माध्यम मार्फत सहजीकरण गराउन कोष र हिमालयन बैंकबीच सम्झौता भएको छ। सम्झौतामा  नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशन रमण नेपाल र बैंकका प्रमुख सञ्चालन अधिकृत मृगेन्द्र प्रधानले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत बृद्धी अवकाश कोषको (८० %) कर्जा भुक्तानी अन्लाईन माध्यम मार्फत  कनेक्टआईपीएसबाट  सोझै यस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने छ । नागरिक लगानी कोषको कनेक्ट आईपीएस प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंक लिमिटेडमा हुनेछ ।

यसका निम्ति ऋृणीले कनेक्ट आईपीएस  प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिङ्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् ।  ऋृणीले कनेक्टआईपीएसमा गई नागरिक लगानी कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved