महालक्ष्मी बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 02:28:03 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited का ग्राहकले ह्याम्स हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले विभिन्न विधाको स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा १०% छुट र  ह्याम्स फार्मेसीमा औषधी खरिद गर्दा ५%सम्मको छुट प्राप्त गर्नेछन् ।

सम्झौतामा बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आर। एस। भण्डारीले हस्ताक्षर गरेका छन्। 

हाल बैंकले ९६ वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved