आगलागी पिडितलाई नबिल बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 02:47:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले बर्न भायोलेन्स् सरभाईभर्स् नेपाललाई रु १ लाख वरावरको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत बिहिबार उक्त संस्थालाई सहयोग गरेको हो ।

उक्त संस्थाले आगलागीबाट हुने हिंसा-दुर्घटनाबाट पिडित बिरामीहरुको सुरक्षा, रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा पुनर्वासको कामहरु गर्दै आएको छ । बैंकले प्रदान गरेको रकम आगलागीबाट पीडित बिरामीहरुको उपचार, परामर्श सेवा तथा फिजियोथेरापीका निम्ति प्रयोग गरिने जनाइएको छ ।

संस्थाले अहिलेसम्म ५१० भन्दा बढी आगलागीबाट पीडित बिरामीहरुलाई चिकित्सा, सर्जिकल र पुनस्र्थापनामा सहयोग उपलब्ध गराएका बताएको छ ।

उक्त सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले संस्थालाई हस्तान्तरण गरेका हुन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved