बैंकको 'बेइमानी' ले पहुँचबाहिर सहुलियत कर्जा, जनता भन्छन, 'राजनीतिक नारा मात्रै भो'

विजय पराजुली

विजय पराजुली

Jul 10, 2019 | 02:26:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चालु आर्थिक बजेट मार्फत ल्याएको सहुलियत कर्जा प्रभावकारी हुन सकेको छैन । सरकारले उद्यमशीलताको विकास गरी देशमै रोजगारी सिर्जना गर्ने भन्दै अधिकत ५ करोड रुपैयाँ सम्म विभिन्न ७ वटा शिर्षकमा ब्याज अनुदान सहितको सहुलियत कर्जा दिने ब्यवस्था गरेको थियो । 

नेपाल राष्ट्र बैंकले सहुलियत कर्जा सम्बन्धी एकिकृत कार्यबिधि २०७५ असोजमा जारी गरेको थियो । कार्यविधि जारी गरेको ९ महिना वितिसक्दा पनि सहुलियत कर्जा लिनेको संख्या भने न्यून देखिन्छ । बैंकहरुले सहुलीयत कर्जा सुरु हुन पहिले अनुदाको कृषि कर्जालाई पनि सहुलियत कर्जामा गणना गर्दा व्यवसायिक कृषि तथा पशुपन्क्षी कर्जा लिनेको संख्या मात्र १५ हजार ९ सय १६ जना रहेका छन् भने सहुलियत कर्जा लिनेको कुल संख्या १६ हजार ६ सय ८२ रहेका छन्  ।  त्यस्तै १३ सय ४२ जना भूकम्पपीडितले २ प्रतिशत ब्याजमा पाउने कर्जा लिएका छन ।   

गत जेठ मसान्त सम्म कुल ३४ अर्ब  ४१ करोड १० लाख ४९ हजार सहुलियत कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्याङ छ । जसमध्ये २९ अर्ब ७७ करोड  ५२ लाख १९ हजार कर्जा लगानीमौ रहेको छ  भनेृ बाँकी कर्जा उठिसकेको छ । सरकारले महिला उद्यमशिलता कर्जामा ६ प्रतिशत र अन्य ६ वटा शिर्षकको कर्जामा ५ प्रतिशत व्याज अनुदान दिने बताएकाने छ । उक्त ब्याज अनुदान वापत जेठ मसान्त सम्ममा १ अर्ब ५७ करोड ७५ लाख ५५ हजार रुपैयाँ खर्च गरेको छ । 


सरकारका मन्त्रीहरुले विभिन्न फोरममा सहुलियत कर्जाको गुणगान गाईरहंदा राजनितिक पार्टिका सिमित कार्यकता बाहेक अन्यले सहज रुपमा सहुलियत कर्जा पाउन सकेका छैनन् । बैंकका शाखाहरुमा सहुलियत कर्जा माग गर्न जाँदा हामीलाई यस विषयमा जानकारी नभएको भन्दै बैंकहरुले फर्काउने गरेको पिडित सेवाग्राी बताउँछन् । सेवाग्राहीले भने बैंकहरु सहुलियत कर्जा लिन जाँदा सरकारी बैंकको बाटो देखाउने गरेका छन् । 

आधार ब्याजदरमा ३ दखि ५ प्रतिशत सम्म प्रिमियम थप परि लगानी गरिरहेका बैंकहरु २ प्रतिशत भन्दा बढी प्रिमियम लिन नपाउने भएपछि सहुलियत कर्जा दिनको लागि आलटाल गरिरहेको देखिन्छ । अर्कोतर्फ बैंकहरुले कर्जा दिने तर सरकारले दिने अनुदानको लागि महिर्नौ लाग्ने सरकारी पद्धतिको कारण पनि बैंकहरुले सहुलियत कर्जा दिनको लागि आलटाल गरिरहेको एक बैंकरहरु बताउँछन् ।  

सहुलियत कर्जा बैंकले आफ्नो आधार ब्याजदरमा २ प्रतिशत प्रिमियम थप गर्दा हुन आउने ब्याजदरमा महिला उद्यमशीलता कर्जामा नेपाल सरकारबाट आउने ६ प्रतिशत सम्म ब्याज अनुदानको ब्यवस्था गरेको छ । त्यस्तै अन्य ६ वटा शिर्षकमा दिने कर्जामा नेपाल सरकारबाट ५ प्रतिशतको ब्याज अनुदान पाउन सक्नेछन् । यस सहुलियत कर्जाको सिमा ५ वर्ष रहेको छ । नेपाल राष्ट्र बैंकबाछ अनुति प्राप्त क, ख र ग वर्षका सम्पुर्ण बैंकबाट सहुलियत कर्जा उपलब्ध रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

सरकारले ब्याज अनुदान दिने सहुलियत कर्जाको प्रकार र कर्जाको सिमा 

१. व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा: ५ करोड रुपैयाँ सम्म

२. शिक्षित यूवा स्वरोजगार कर्जा: ७ लाख रुपैयाँ सम्म

३. विदेशबाट फर्केका यूवा परियोजना कर्जा: १० लाख रुपैयाँ सम्म

४. महिला उद्यमशिलता कर्जा: १५ लाख रुपैयाँ सम्म

५.दलित समुदाय व्यवसाय विकास कर्जा: १० लाख रुपैयाँ सम्म

६.उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा: ५ लाख रुपैयाँ सम्म

७. भुकम्प पिडित नीजि आवाश निमार्ण कर्जा: ३ लाख रुपैयाँ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved