१२ अर्बको विकास ऋणपत्र निष्काशन गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 07:01:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज बिहीवार  १२ अर्बको विकास ऋणपत्र बोलकबोलमा विक्री गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरीद गर्न सक्ने गरी ऋणपत्र बिक्रि गर्न लागेको हो । 

इच्छुक संस्था तथा व्यक्तिले बिहीवार अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणाली मार्फत बोलकबोल पेश गर्नुपर्नेछ । खरीदकर्ताले कम्तीमा ५० हजारदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरीद गर्न सकिनेछ ।

पाँचवर्षे अवधिका लागि उक्त ऋणपत्र विक्री गर्न लागिएको हो । अवधि सकिएपछि २०८१ असार २७ मा एकमुष्ट रूपमा साँवा भुक्तानी गरिने र अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने बैंकले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved