विग मर्जरको लागि पुर्व गभर्नरहरुसँग छलफल गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 09:50:35 AM मा प्रकाशित

laxmi  sunrise bank

 मौद्रिक नीतिको तयारीमा जुटेको नेपाल राष्ट्र बैंकले पहिलो पटक पुर्व गभर्नरहरुसँग छलफल गरेर सुझाव लिन लागेको छ । यसअधि मौद्रिक नीतिको लागि केन्द्रिय बैंकले पुर्वगभर्नहरुको सुझाव लिने गरेको थिएन । 

गर्भनर कार्यलयले पहिलो मौद्रिक पटक नीतिको लागि सुझाव लिन पुर्वगभर्नहरुलाई बोलाएको राष्ट्र बैंक स्रोतले जनाएको छ । कार्यक्रममा अनुसन्धान विभागको पनि सहभागिता रहने छ ।  विहीबार दिउसो १ः३० बजे होटल ¥याडिसन मा गभर्नर डा. चिरञ्जिबी नेपालले पुर्वगभर्नहरुसँग छलफल गर्न लागेका हुन् । 

बैंकहरुको संख्या धेरै भएको भन्दै विग मर्जर बाट बैंकहरुको संख्या घटाउने बताउँदै आएका गभर्नरले मर्जरमा जाने बैंकहरुलाई प्याकेजमा नै सहुलियत दिने बताउँदै आएका छन् । मौद्रिक नीतिमा विग मर्ज भन्ने शब्द नआउने तर मर्जरमा जाने ठुला बैंकहरुलाई प्याकेजमा सहुलियत दिने भन्ने कुरा उल्लेख हुने राष्ट्र बैंकका उच्च अधिकारीहरु बताउँछन् । मौद्रिक नीतिबाट संचालक समिति सदस्य, सिसिडि रेसियो, प्राथमीकताप्राप्त क्षेत्रको कर्जा र स्प्रेट रेटमा सहुलियत दिने हो भने मर्जरमा जान तयार रहेको बैंकरहरुले बताइरहेका छन् । बैंकहरुको माग अनुसार के कस्ता वियमा सहुलियत दिन सकीन्छ भन्ने विषमा केन्द्रित रहे राष्ट्र बैंकले पुर्व गभर्नहरुसँग छलफल गर्न लागेको स्रोतले जनाएको छ ।

चालु मौद्रिक नीतिबाट नै विग मर्जरको नीति लिन लागेका गभर्नरले सरकारको साथ नपाएपछि पछि हटेका थिए । तर सरकारले बजेटमा ठूला बैंकरुलाई मर्जरमा लगिने उल्लेख गरेसँगै विग मर्जर गराएर वाणिज्य बैंकको संख्या घटाउने आफ्नो योजना पुरा गर्न तत्पर रहेका छन् । 

पुर्व गभर्नरहरु पनि विग मर्जरको पक्ष र विपक्षमा देखिन्छन् । पुर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री विग मर्जरको नाममा बैंकहरुलाई मर्जरमा जान दवाब दिन नहुने बताउँछन् । राष्ट्र बैंकले छलफको लागि बोलाएको तर आफु भने उक्त छलफलमा सहभागि हुन नसक्ने उनले बताए । ठुलो निर्णय गर्दा सम्बन्धीत क्षेत्रका विज्ञहरुसँग छलफ गर्नु राष्ट्र बैंकको सकारात्मक कदम रहेको उनले बताए । 

आजको छलफलको लागि संस्थापक गभर्नर हिमालय शम्शेर राणा, सत्येन्द्रप्यारा श्रेष्ठ, डा. तिलक रावल, दीपेन्द्र पुरुष ढकाल, विजयनाथ भट्टराई डा. भेषबहादुर थापा, गणेशबहादुर थापा, र दीपेन्द्रबहादुर क्षेत्रीलाई तथा कामु गभर्नर कृष्णबहादुर मानन्धरलाई बोलानएको राष्ट्र बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved